काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी तथा पूर्व पदाधिकारी सहितका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डाका विषयमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।
पार्टीको नियमित महाधिवेशन गर्ने एजेन्डादेखि निर्वाचन र संसद् पुनर्स्थापनाको मुद्दामा समेत आजको बैठकमा छलफल हुने बताइएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते बस्ने तय भएको छ ।
प्रकाशित मिति : बिहिबार, असोज २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्