JanataToday.com

Advertisment

SKIP THIS

नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन

नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन

काठमाण्डौ , हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ । क्रिकेट खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले हिजो एक कार्यक्रमका बीच टाँचा लगाउनुभयो ।

विश्व हुलाक दिवस २०२५ का अवसरमा विभागले आईसीसी पुरुष विश्वकप र आईसीसी महिला १९ वर्षमुनिको विश्वकप प्रतियोगितामा सहभागी खेलाडीहरूको तस्वीर अङ्कित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरेको हो ।

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेका क्रिकेट खेलाडीहरूको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ । विभागले २०८१ साल चैत १७ गतेको निर्णय अनुसार १० रुपैयाँ दरको ५ लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाली पुरुष क्रिकेट टोली सन् २०२४ को जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा भएको नवौं सस्करणको विश्वकपमा सहभागी भएको थियो । एशियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा दोस्रो हुँदै नेपाली टोली विश्वकप खेल्न सफल भएको थियो ।

यस्तै महिला क्रिकेटको उमेर समूह अन्तर्गत १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाली टोलीले खेलेको थियो ।

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij