काठमाडौं, १ मंसिर । अब मोटरसाइकलको लुकिङ ग्लास परिवर्तन गरेमा वा तोडमोड गरेमा कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको हो ।
लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ । लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३ सय ४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुनेछ । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लङ्घनविरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ ।
प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्