चाडबाडका समयमा सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न बिभागको आग्रह

चाडबाडका समयमा सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न बिभागको आग्रह

काठमाडौं, वाणिज्य, समयमा बिक्री हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सम्बद्ध सबैलाई ध्यानाकर्षण गराएको छ।

नियमित बजार अनुगमनमा विशेष गरी तिहारमा प्रयोग हुने भाइ मसला, तामा/चाँदीका भाँडा, झिलिमिली बनाउने विद्युतीय सामग्रीलगायत अन्य वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखिएको पाइएको विभागले जनाएको छ।

विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता राख्न प्रयासरत रहेको उल्लेख गरेको छ। यसका लागि व्यापारिक संघ, संगठन, व्यवसायी र उपभोक्तावादी संघ, संगठन र उपभोक्ताको महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ।

उपभोक्ताले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल वा मूल्य सूची भएको वस्तु खरिद गर्न विभागले स्मरण गराएको छ। उपभोक्ताको कुनै गुनासो भए विभागको टोल फ्री नम्बर ११३७ मा जानकारी गराउन अनुरोध गरेको छ।

प्रकाशित मिति : सोमबार, असोज २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij