प्रतिनिधि सभाको पुनर्स्थापनाको एजेण्डामा दलहरुसँग छलफल गर्दै सभामुख

प्रतिनिधि सभाको पुनर्स्थापनाको एजेण्डामा दलहरुसँग छलफल गर्दै सभामुख

 

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रतिनिधि सभाको पुनर्स्थापनाको विषयमा अदालतमा जान दलहरुसँग परामर्श गर्ने लागेका छन्

सभामुख घिमिरेले यसअघि कानुनी र राजनीतिक परामर्श गरिरहेपनि आज विभिन्न दलहरुसँग थप छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले प्रतिनिधि सभाको विघटन असंबैधानिक भन्दै आएका छन् । सभामुख घिमिरेले आज नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, जसपा नेपाल र नाउपाका प्रतिनिधिहरुसँग छलफल गर्ने तयारी गरेका हुन् ।

अहिले प्रमुख दल नेकपा एमाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा औपचारिक रुपमा नै उभिएको छ भने कांग्रेसका केहि नेताहरुले पुनर्स्थापनाको कुरा गरेपनि काँग्रेस निर्वाचनमै जाने मुडमा देखिएको छ । मंगलबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा गरेनन । उनले निर्वाचनको वातावरण बनाउन र देशलाई संबैधानिक बाटोमा फर्काउने आधार निर्वाचन भएको बताएका छन् । त्यस्तै माओवादी केन्द्र र रास्वपा भने निर्वाचनको पक्षमा देखिएका छन् ।

यसैबीच मंगलबार सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्दै ८ भन्दा बढी रिट परेका छन् । अध्ययनकै क्रममा रहेको भन्दै सर्वोच्च प्रशासनले अझै दर्ता भने गरेको छैन ।

प्रकाशित मिति : बुधबार, असोज २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij