बधशाला संचालनमा अबरोधका कारण खाद्य सुरक्षामा चुनौती

बधशाला संचालनमा अबरोधका कारण खाद्य सुरक्षामा चुनौती

सिर्जना भट्टराई,

बुटवल-उपभोक्तालाई स्वच्छ मासु उपभोग गर्ने भनेर निर्माण भएको पशु बधशाला संचालनमा नआउँदा मासुका उपभोक्ताहरु मारमा परेका छन् । बुटवल उपमहानगरपालिका स्थित रामनगरमा संचालन हुने भनिएको बधशाला संचालनमा नआउँदा मासुका उपभोक्ताहरु स्वच्छ मासुको उपभोग गर्नबाट बञ्चित भएका हुन् ।
किसानले पालेका खसी बाख्रा सिधै बधशाला ल्याएर उपभोक्तालाई स्वस्थ र स्वच्छ मासु बिक्रि गर्ने उद्देश्यले बुटवलको रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रमा आधुनिक बधशाला निर्माण भएपनि संचालन हुन सकेको छैन ।
बुटवल उपमहानगरपालिका र बधशाला सञ्चालनको जिम्मा पाएको मुक्तिनाथ लाइभ स्टक बैंक लिमिटेड बिच पशु बधशाला संचालन गर्ने सम्झौता भएको झण्डै दुई बर्ष पुग्दा पनि कार्यान्वयन हुन नसक्दा बुटवल उपमहानगरपालिका भित्र बनेको यो करोडौंको परियोजना अहिले अलपत्र अबस्थामा पुगेको छ ।

बुटवल उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभ स्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले बधशाला व्यावसायीक रुपमा संचालन गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । पाँच बर्षका लागि भएको सम्झौता अनुसार बार्षिक रु ५८ लाख ३८ हजार ७१० बुटवल उपमहानगरपालिकालाई बुझाउने र हरेक बर्ष १० प्रतिशतका दरले रकम वृद्दि हुने उल्लेख छ ।

बधशाला सञ्चालनका लागि सम्झौता भएको दुई बर्ष बितिसक्यो तर बधशाला व्यावसायीक रुपमा सञ्चालनमा आउन सकेको छैन । सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै सञ्चालनको जिम्मेवारी लिएको मुक्तिनाथ लाइभस्टकले केही महिना देखी बधशाला बन्द गरेको छ ।
बुटवलावासीलाई स्वच्छ, स्तरीय मासु उपलब्ध गराउन करोडौं लगानीमा स्थापित अत्याधुनिक पशु बधशाला सञ्चालनमा नआएपछि बुटवलवासीले खोलाका किनार तथा छरछिमेकमा बिना सुरक्षा मापदण्डको मासु खान बाध्य छन् । साथै सम्झौता अनुसार भने बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थानमा व्यावसायीक रुपमा खसी , बोका , र बाख्राको बध गर्न रोक लगाउने , व्यावसायीले आफ्ना खसी , बोका र बाख्राको जथाभावी बध गरेको पाईएमा कारबाही हुने उल्लेख गरिएको छ ।

यसरी असुरक्षित तरिकाले पशु बध गर्ने व्यक्ति र सो मासु उपभोग गर्ने उपभोक्ता दुबै उच्च जोखिममा रहनेबताउनुहुन्छ लुम्विनी प्रादेशिक अस्पताल बुटवलका सिनियर पिजिसियन डाक्टर नन्दु प्रसाद पाठक । मानव शरीरको लागि अति आबश्यक पर्ने प्रोटिन मासुबाट प्राप्त गर्न सकिन्छ । मानव शरिरलाई दैनिक ४० प्रतिशत प्रोटिनको आबश्यकता पर्दछ । जुन गेडागुडी, माछा , अण्डा र मासुबाट प्राप्त हुन्छ । अन्य खानाबाट पाइने प्रोटिन भन्दा मासुबाट पाइने प्रोटिनले शरीरमा कोश निर्माणमा महत्वपूर्ण भुमिका खेल्दछ । मासुमा १४ देखी २१ प्रतिशत सम्म प्रोटिन पाइन्छ । मासु कसरी बध गर्ने तयारी गर्यो ? स्टोरेज कसरी गर्यो भन्ने कुरा मासु खाने उपभोक्ताले जान्नु जरुरी छ भन्नुहुन्छ डाक्टर नन्दु पाठक । अस्वस्थ रुपमा तयार पारेको मासुको सेवनले अत्याधिक मात्रामा ब्रुसोलिसस भन्ने रोग लाग्न सक्छ भने टाइफाइड , प्रोटोजोल , उच्च रक्तचाप , आँउ , फुड पोइजिं आदि समस्या पर्ने उहाँको भनाइ छ ।

बुटवल उपमहानगरपालिकाका पशुपंक्षि विकास शाखा अधिकृत झबिन्द्र बञ्जाडे मानव शरीरका लागि बार्षिक १४ किलो मासु आबश्यक पर्ने बताउनुहुन्छ । मानव शरीरका लागि स्वस्थ मासु हुनुपर्ने त्यसको लागि आमा उपभोक्ता तथा व्यावसायी सरसफाईमा सचेत हुनुपर्दछ । मासु छिट्टै बिग्रन सक्ने भएकाले मासुका लागि स्वस्थ निरोगी पशु हुनु आबश्यक छ भन्नुहुन्छ बरिष्ठ पशु चिकित्सक एवं अधिकृत बञ्जाडे । रुपन्देहीमै मासु प्रसस्त रहेको उहाँले बताउनु भयो । खाद्य सुरक्षाका हिसाबले पनि मासुका लागि बध गरिने पशु स्वस्थ हुनुपर्ने त्यसमा बाख्राको भनेर खानै नहुने भन्ने नहुने तर कतिपय मानिसहरु बाख्राको मासु नखाने भएमा पहिचान गरेर दिनुपर्ने बताउनुहुन्छ ।

यता दैनिक एक हजार खसी बोका बध गर्न सक्ने क्षमता भएको बधशाला त छ साथै सुरक्षित बधका लागि खसी बोकाको चरन, होल्डिं सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष बनाइएको छ । भने बधशालामा खटिनेका लागि प्राथमिक उपचार कक्ष , सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र र बगैचा पनि निर्माण भएको छ । तर सञ्चालनमा नआउँदा यी सबै सुबिधाबाट मासु व्यावसायी तथा मासु उपभोक्ता दुवै बञ्चित छन् ।
आधुनिक बधशाला निर्माण भैसकेको अबस्थामा खुला ठाँउमा पशु बध गर्नु गलत भएको , मानिसका लागि सधैँ स्वच्छ मासु चाहिने भनेर नै यो बधशाला निर्माण भएको छ अब मानव स्वास्थ्य माथि खेलबाड गर्न नहुने बताउनुहुन्छ उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी । आ आफ्ना कमी कमजोरी सुधार गरेर उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउन तत्काल बधशाला सञ्चालन गर्नुपर्छ भन्नुहुन्छ अध्यक्ष जिसी ।

पारदर्शी सरोकार समूह रुपन्देहीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद पाण्डे उपभोक्ताको स्वच्छ मासु खान पाउने अधिकार हनन हुन नहुने धारणा राख्नु भयो । उहाँले कसैको स्वार्थका कारण बधशाला बन्द गर्न नहुने भन्दै पशुको उपचारको पनि यसमा सबाल जोडिने भन्दै संसारका बिकासशील देशमा यस्तो काम हुदैनन् , मानव स्वास्थ्य संग जोडिएको मासु उपभोगको कुरामा बुटवल उपमहानगरपालिकाले पनि चासोको रुपमा लिनुपर्ने , र यसो भएमा नेतृत्वको पनि मान बढ्ने उहाँ बताउनु हुन्छ । उहाँले यसको निरन्तरताको लागि ऐन पनि बनिसकेको अबस्थामा उपभोक्ताको खाद्य सुरक्षाको हिसाबले पनि बधशाला सुञ्चालन तत्काल कार्यान्वयन हुनुपर्ने बताउनु भयो ।
यता मासु व्यावसायी संघका अध्यक्ष  बिसाल थापा  ठेकेदार कम्पनि र बुटवल उपमहानगरपालिकाको लापरबाहिका कारण संचालनमा आउन लागेको करोडौं लगानीको बधशाला अलपत्र बनेको अब पुरानै शैलीमा आफुहरु जान नसक्ने तर संचालनका लागि भने कुनै बाधा नपु–याउने बताउनु हुन्छ । व्यावसायी र नगरपालिका बीच भएको २५ बुँदे सहमती कार्यान्वयन तर्फ नगरपालिका र बधशाला संचालकले चासो नदेखाएको उहाँको भनाइ छ । चाडबाडको मुखमा स्वस्थ मासु खान पाउने उपभोक्ताको अधिकारलाई यसै उजाड बनाउन नहुने त्यसका लागि बाख्रा पालक किसानलाई प्रोत्साहन गरेर उत्पादनमा एकरुपता ल्याउन सके मानिसलाई नभैनहुने प्रोटिनको सुरक्षा समग्रमा खाद्य सुरक्षाको साथै बधशालाको संचालन दुबै प्रभाबकारी हुने उहाँको धारणा छ ।
यस विषयमा बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाले बधशाला संचालकको जिम्मा पाएको कम्पनीले उपमहानगरपालिकालाई बुझाउनुपर्ने कबुल अनुसारको रकम नबुझाएको , उक्त रकम दाखिला गर्ने कम्पनीलाई ताकेता गर्दा बधशाला नै बन्द गरेर मुद्धा मामिलातर्फ लागेकाले मुद्धाको टूंगो नलागे सम्म यसको संचालनका लागि केही गर्न नसकिने बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, असोज ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij