कपिलवस्तु
कपिलवस्तुमा गत बर्षबाट म सफा गर्छु मेरो नगर भन्ने मुल नारा लिएर नगरपालीकाको आयोजनामा सरसफाई कार्यक्रम सञ्चालन हुदैँ आएका छन् । केहि समय नभएको यस कार्यक्रमले पुन निरन्तरता पाएपछि त्यहाकास्थानीय पनि सक्रिय भएर अभियानमा सहभागीता भएका छन। जिल्लामा विकास निर्माणको हिसावल अन्य स्थानीय तहको तुलनामा वाणगंगा नगरपालीका निकै अगाडि रहेको छ । वाणगंगा नदि किनारको डम्पिगं साईटले कार्यक्रममा बाधा पुर्याएको भए पनी नगरले सो समस्या छिटै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
म सफा गर्छु मेरो नगर नारालाई सार्थकता तुल्याउन वाणगंगा नगरपालीका वडा नं ७ मोतीपुरमा पनी एक कार्यक्रमको आयोजना गरि सरसफाई अभियान सञ्चालन गरेको छ । कार्यक्रममा बागमति सरफाई अभियानका अभियानता तथा अन्र्तराष्ट्यि मोटिभेसनल स्पिकर राजु अधिकारीले भान्सामा औषधालय , जीवन जिउने कलाका बारेमा उत्प्रेरणा समेत दिनुभएको थियो ।
कार्यक्रम वडा नं७ का अध्यक्ष विष्णु गिरीको अध्यक्षता , स्वास्थ्यक्रमि भक्ति पाण्डे वाणगंगा नगरपालीका उपप्रमुख चक्रपाणी अर्याल , प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा , विभिन्न शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो भने हजार बढि स्थानीयको सहभागीता रहेको अध्यक्ष गिरिले जानकारी दिनुभयो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्