गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव

गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ ले गाजामा ध्वस्त बनेको स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि कम्तिमा सात अर्ब डलर आवश्यक पर्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले इजरायली आक्रमणमा गाजामा भएका आक्रमणबाट अस्पतालसहित स्वास्थ्यका संरचनासमेत निशानामा परेका बताउनुभयो ।

उहाँका अनुसार अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ । आक्रमणबाट खण्डहर बनेको गाजामा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको चरम अभाव छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच दुई हप्ताअघि युद्धविराम र बन्धक साटासाटको सम्झौतामा सहमति भएको थियो । सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारवाही थालेको थियो ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij