रुकुम- रूकुमपश्चिमकोबाफिकोट गाउँपालिका-७ लिस्नेमा आज शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा मृतक सात जनामध्ये ६ जनाको परिचय भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली रहेका छन्। मृतक एकजना महिलाको भने पहिचान खुल्न सकेकाे छैन ।
बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुबाहक जिप स्यालाखाँदीबाट मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हाे ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्