नवलपरासी , पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
भैरहवादेखि परासीतर्फ जांदै गरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट परासीमा मामाघर आएकी चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिए।
दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए। ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालाई लिएर माइत आएकी थिइन्।
प्रकाशित मिति : मंगलबार, कार्तिक ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्