काठमाडौँ — नेपालले भारतविरुद्ध बुधबार भएको अनौपचारिक महिला राष्ट्रिय टिमको मैत्रीपूर्ण खेल टाइब्रेकरमा ३–० ले जितेको छ । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । नेपालको जितमा गोलरक्षक अञ्जना रानामगर नायक रहिन् र उनले भारतका दुई प्रहार रोकिन् ।
भारतको एक अर्को प्रहार बाहिरिएको थियो । नेपालका तर्फबाट सविता रानागमर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरे । कप्तान अनिता बस्नेतको प्रहार भने बाहिरिएको थियो । त्यस अगाडि नेपाल एक गोलले पछाडि रहेको स्थितिबाट बराबरीको नतिजा निकाल्न सफल भएको हो ।
सिक्किमको पाल्जोर स्टेडियममा भएको खेलमा भारतले सौम्या गुगुलोथको गोलले पहिलो हाफको ३० औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा नेपाल बराबरी गोल फर्काउन सफल रह्यो । अनिताको कर्नर प्रहारमा रश्मिकुमारी घिसिङले हेड गर्दै बललाई पोस्टको दिशा दिएकी थिइन् ।
यससँगै नेपालको भारत भ्रमण टुंगेको छ । थ्री नेसन्स कपमा नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ३–० ले पराजित रहेको थियो । दोस्रो खेलमा भने भारतलाई २–१ ले हराउन सफल रहेको थियो ।
प्रकाशित मिति : बुधबार, कार्तिक १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्