बुटवल ।
नेपाल बैँकको ८३ औँ स्थापना दिवसको अवसरमा विभन्न कार्यक्रम गरि मनाइएको छ । बैँकको स्थापना दिवसमा हिजो प्रदेश नंं. ५ मा ¥याली तथा रक्तदान गरि भव्यताका साथ मनाएको छ । स्थापना दिवसमा नेपाल बैँकको प्रदेशिक कार्यालय बुटवलमा वृहत रक्तदान सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम नेपाल बैँकका पूर्व मुख्य प्रबन्धक चिरञ्जिबी न्यौपानेले ब्लड व्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभयो थियो । सो अवसरमा बोल्दै उहाँले नेपालकै पहिलो बैँक नेपाल बैँक भएको भन्दै विभिन्न अरोहअवरोह पर गर्दै ८३ औँ वर्षामा प्रवेश गरेकोमा शुभकमना व्यक्त गर्नुभयो । बैँकले विभिन्न व्यवसायीक तथा सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गनुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्ला दिनमा रगतको आभव देखिएको हुनले रक्तदानले रगतको पुर्तिले सहयोग पुग्ने भन्दै बैँकले गरेको समाजिक कार्यप्रति खुशी व्यक्त गर्नुभयो ।रगतको अभावले कोही पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेशीक कार्यालय बुटवलका प्रमुख पासा¨ दोर्जी शेर्पा बताउनु भयो ।
नेपालको जेष्ठ बैँक नेपाल बैँक भएको चर्चा गर्दै नेपाल बैँक सुरक्षित भरपर्दो र विश्वासीलो बैँक भएको बताउनु भयो । साथै बैँकले दिने सेवा सुविधा आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।कार्यक्रममा मुर्गिया शाखा प्रमुख सुरेन्द्र सिंह आले, खस्यौली शाखाका शाखा प्रबन्धक कालपना ढकाल र भुपु कर्मचारी चन्द्रकान्त भण्डारी लगायतले बोलेका थिए ।प्रदेश ५ कार्यालयको समन्वयमा सैनामैना शाखा, खस्यौली, सिद्धार्थनगर, कृष्णनगर, मणिग्राम शाखा तथा नवलपरासीको पाल्हीनन्दन शाखा र कपिलवस्तुको चन्द्रौटा लगायतका शाखामा कार्यरत तथा पूर्व कर्मचारीहरुले कार्यक्रममा रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम बुटवल ब्लड बैँकको प्रविधिक सहयोगमा ३० युनिट रगत संकलन भएको छ । कार्यक्रम नेपाल बैँक प्रदेश ५ का प्रदेशीक कार्यालय बुटवलका प्रमुख पासाङ दोर्जी शेर्पाको सभापतित्व तथा सिद्धार्थनगर शाखाका कर्मचारी गुरुप्रसाद घिमिरे संचालनमा सम्पन्न भएको थियो । भने त्यस अघि विहान पश्चिम मुर्गियादेखि सुरु भएको मोटसाइकल रायाली बुटवल, मणिग्राम, भैरहाव हुदैँ प्रदेशिक कार्यालय बुटवलमा आएर सभामा परिणत भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्