विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगीले गरे आन्दोलनको घोषणा

विद्युत प्राधिकरणले लाइन काटेपछि रुपन्देहीका उद्योगीले गरे आन्दोलनको घोषणा

बुटवल , रुपन्देहीका दर्जनबढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगी व्यवसायीहरुले बुधबार आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महशुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरु आक्रोसित बनेका छन् । उनीहरुले काटिएको लाईन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

उद्योगहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहिवार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाईन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहिवार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले आज बिहान ११ देखि १२ बजे नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिए । उनले उक्त कार्यक्रममा उद्योगी–व्यवसायी, व्यवसायिक संघ–संस्था, श्रमिक, कर्मचारीको सहभागीता रहने बताए ।

अन्य कार्यक्रमपछि पछि सार्वजनिक गरिने उनले जानकारी दिए । अध्यक्ष आचार्यका अनुसार १३ वटा उद्योगमा विद्युतको लाइन काटिएको छ । पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले उद्योगीलाई अन्याय भएको र नेपाल विद्युत प्राधिकरणले निशर्त रुपमा विद्युतको लाइन नजोडेसम्म अन्य वक्यौता पनि नतिर्ने बताए । जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारले गलत निर्णयका कारण उद्योग बन्द भइ श्रमिक मर्कामा परेको बताउनुभयो । उहाँले १५ हजार बढी मजदूर बेरोजगार हुने अवस्थामा रहेको बताए ।

आजको धर्ना कार्यक्रममा श्रमिक संगठनको उपस्थिति रहने उनले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij