JanataToday.com

Advertisment

SKIP THIS

विरोध कार्यक्रममा बोल्दा बोल्दै ढलेका जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन

विरोध कार्यक्रममा बोल्दा बोल्दै ढलेका जिफन्टका उपाध्यक्ष कमल गौतमको निधन

बुटवल ,  नेपाल विद्युत प्राधिकरणले उद्योगमा गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याईएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन् ।

नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । “अतः यो कारणले‘‘‘” भन्दै गर्दा उनी ढले । उनी ढले लगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पुर्‍याईएको थियो । जहाँ उनको मृत्यु भयो । अहिले क्रिमशन अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरूका प्रतिनिधिहरू रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij