बुटवल उद्योग बाणिज्य संघमा कर सचेतना तथा अन्तरक्रिया

बुटवल उद्योग बाणिज्य संघमा कर सचेतना तथा अन्तरक्रिया

 

बुटवल, २ मंसिर । बुटवल उद्योग बाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय बुटवलको संयुक्त आयोजनामा सोमबार बुटवलमा कर सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

कर सप्ताह २०७६ को अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवल आईतबार देखि साप्ताहिक कार्यक्रम गर्दै आएको छ । त्यसै अवसरमा सोमबार बुटवल उद्योग बाणिज्य संघसंग संयुक्त कार्यक्रम गरि उद्योगी व्यबसायीलाई कर सम्बन्धि सचेतना कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा उद्योगी व्यबसायीले सरकारले ल्याएको नयाँ कर नीति उद्योगी व्यबसायीलाई अव्यबहारिक भएको बताएका थिए । उद्योगी व्यबसायीले एकद्वार नीति अवलम्बन गर्न आग्रह गर्दै पाईलैपिच्छे कर असुली गर्ने पद्धती गलत भएको भन्दै सुधारकालागि सरकारसंग आग्रह गरेका थिए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीले करका नीतिगत समस्या समाधानकालागि तयार रहेको बताउँदै व्यबसाय मैत्री कर प्रशासनकालागि आफू प्रतिवद्ध रहेको जानकारी गराउनु भयो ।

त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सरकारले लिएको कर नीतिले उद्योगी व्यबसायी मारमा परेको औंल्याउँदै सुधारकालागि करको एकद्वार प्रणाली लागु गर्न सुझाव दिनुभयो । अध्यक्ष हमालले लागु भएको ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणाली र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका कारण व्यबसायी आफ्नो व्यबसायबाट पलायन हुने स्थिती सिर्जना भएको औंल्याउँदै त्यसमा पुनःबिचार गर्न आग्रह गर्नुभयो ।

आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत मञ्जु पोखरेलले कर प्रशासनका प्रकृया, त्यसको समस्या समाधान तथा ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणाली तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रकृयाका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस्तै बुटवल उद्योग बाणिज्य संघका राजश्व परामर्श दाता नेत्रप्रसाद ज्ञवालीले कर प्रशासन प्रणाली र यसमा देखिएका समस्याका बारेमा जानकारी गराउँदै सुधारकालाई गर्न सकिने उपायहरु औंल्याउनु भएको थियो ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्यहरु शुक्रप्रसाद बस्याल, संजय कलवार, प्रकाश श्रेष्ठ, प्रतिक पोखरेल, महिला उद्यमी नमकला वेलवासे, संघका प्लाष्टिक बस्तुगत समितिका सभापति राजेश भट्टराई, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम हेँजु लगायतले व्यबसायिक समस्या राख्दै समाधानको लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । उहाँहरुले व्यबसायिले तिरेको अग्रिम करमा नपुग भएमा जरिवाना गर्ने र बढी भएमा व्यबसायीलाई बढी पैसाको कुनै रेस्पोन्स नहुने गरेको बताउँदै नपुग भएको रकममा जरिवाना लिएजस्तै बढी भएको पैसामा पनि व्याज उपलब्ध गराउन माग गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संघका सचिव कमलप्रसाद पौडेलले गर्नुभएको थियो । त्यसै अवसरमा आन्तरिक राजश्व कार्यालय बुटवलमा हालै आउनु भएका कार्यालय प्रमुख, प्रमुख कर अधिकृत ध्रुवराज ज्ञवालीलाई स्वागत समेत गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij