काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँ घटेर तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्