मतदाता नामावली संकलन तथा अद्यावधिकमा उत्साह बढ्दै

मतदाता नामावली संकलन तथा अद्यावधिकमा उत्साह बढ्दै

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम उत्साहजनक रुपमा भइरहेको छ । यसबीचमा दशैँ, तिहार र छठका कारण उत्साह कम देखिएको भए पनि केही दिनयता नामावली संकलनमा उत्साह बढ्न थालेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सातवटै प्रदेश र सबै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली सङ्कलन तथा अद्यावधिक भइरहेको छ । आयोगले गएको असोज ९ गतेदेखि नामावली सङ्कलन थालेकोमा अहिलेसम्म एक लाख भन्दा धेरै नयाँ मतदाता थपिएका छन् ।

आयोगका अनुसार यो महिनाभरी मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ । १६ वर्ष उमेर पुगेर नागरिकता बनाएकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्छन् । तर फागुन २१ गतेको चुनावमा भोट दिनको लागि भने फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने आयोगले जनाएको छ ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्ता स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति उपस्थित भई जैविक विवरण अर्थात बायोम्याट्रिक दिनुपर्छ । यसरी विवरण दिने समय लिनका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन अर्थात पूर्वदर्ता पनि गराउन सकिन्छ ।

 

नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रसँगै बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र पेस गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij