विश्व बैंकका प्रतिनिधिहरुसँग लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तरक्रिया

विश्व बैंकका प्रतिनिधिहरुसँग लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तरक्रिया

बुटवल । विश्व बैंकको आयोजनामा बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व बैंकका उच्चस्तरीय प्रतिनिधिहरु, क्याम्पसका मूख्य सरोकारवाला पक्ष तथा बुटवलका व्यवसायीहरु बीच अन्तरक्रिया कार्यक्रम भएको हो न्तरक्रिया कार्यक्रमको मूख्य उद्देश्य विश्व बैंकले सञ्चालन गर्न लागेको ग्रेटर लुम्बिनी एरिया डेभलपमेन्ट ‘ग्ल्याड प्रोजेक्ट’बाट पर्यटन सम्बन्धी पूर्वाधार र सेवाहरूमा कसरी सुधार गर्न सकिन्छ ? र ग्रेटर लुम्बिनी क्षेत्रका स्थानीय समुदायका लागि समावेशी आर्थिक अवसरहरू कसरी सिर्जना गर्न सकिन्छ ? भन्ने विषय रहेको विश्व बैंकका वरिष्ठ सञ्चालन अधिकृत मोहन प्रसाद अर्यालले जानकारी दिए । उनले लुम्बिनी बाणिज्य क्याम्पसले पर्यटन प्रवर्द्धन गर्न उपयुक्त सीप भएका मानव संसाधनका लागि तालिमहरु प्रदान गर्न सक्ने बताए ।

अन्तरक्रिया कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री जापानी नागरिक साचिको काताओका, विश्व बैंकका वरिष्ठ सञ्चालन अधिकृत मोहन प्रसाद अर्याल, लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष मोतिलाल पाण्डे, पूर्व अध्यक्षहरु राजेन्द्र प्रसाद ओझा, निर्मल प्रसाद लाकौल, अर्जुनमान सैजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारी,  पश्चिम नेपाल बस व्यवसायी संघका प्रबन्धक निर्देशक रामचन्द्र भुसाल, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष अनिल प्रसाद श्रेष्ठ, शिक्षक–अभिभावक संघका अध्यक्ष कविता कुँवर, पब्लिक क्याम्पस प्राध्यापक संघका इकाई अध्यक्ष धन बहादुर पुन, कर्मचारी संघ इकाई अध्यक्ष पुस्कर भुसाल, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख उपप्राध्यापक महेशप्रसाद चौधरी कुर्मी लगायत प्राध्यापक, कर्मचारी, विद्यार्थीहरु सहभागी भएका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले स्वागत मन्तव्य तथा उपप्राध्यापक पुनाराम घिमिरेले पर्यटन र यसका सम्भावनाहरु सम्बन्धी प्रस्तुति प्रस्तुती राखेका थिए । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिका र लुम्बिनी वाणिज्य क्याम्पस ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनामा विभिन्न माध्यमबाट जोडिएर सहकार्य गर्न तत्पर र सक्षम रहेको बताए ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij