बुटवल ।
तिलोत्तमा नगरपालीका–१ मा रहेको नवज्योती युवा क्लवको तेस्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन शंकरनगरमा सम्पन्न भएको छ । अधिवेशनले दिपेश कंडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द श्रेष्ठ, सचिवमा सागर भट्टराई, सह–सचिवमा नहकुल खनाल र कोषाध्यक्षमा प्रेमकुमार के.सी सोनु रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा माधव प्रसाद पाण्डे, ज्ञानु श्रेष्ठ, रविन गौतम, छाँया पन्त बसन्ती विकास गरुङ्ग, रेणु गिरी, सुमन खरेल, प्रकास क्षेत्री, उमेश कार्की, बद्री घिमिरे रहनु भएको छ ।
अधिवेसन अघि कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालीका वडा नं। १ का वडाध्यक्ष तामनाथ पाण्डेले क्लवले समाजमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
क्लवले तिलोत्तमा नगरपालिमा डस्टवीन वितरण, रक्तदान कार्यक्रम, रात्री गस्ती, वडाहरुमा सरसफाई कार्यक्रम, क्रिकेट प्रतियोगिता लगायतका कार्यहरु गर्दै आएको छ ।
सो अवसरमा शंकरनगर सामुदायीक वनका अध्यक्ष राम गिरी, बनबाटिका तथा अनुसन्धान केन्द्रका ईन्चार्ज खिमलाल पाण्डे, क्लवका निबर्तमान अध्यक्ष चन्द्रकान्त पाण्डे समाजसेवी क्याप्टेन प्रेमबहादुर भण्डारी, रेनुका खरेल लगायतले बोल्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्