काठमाडौँ , नेपाल प्रहरीको ३३ औँ महानिरीक्षक आईजीपी मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो। कार्की काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्।
आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा। मनोज कुमार केसी थिए । एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार मै थिए ।
२०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
उपत्यकाको जिम्मेवारी सम्हालेका कार्कीले आन्दोलनकारीमाथि मानवीय क्षति हुने गरी बल प्रयोग नगर्न बरु हातहतियार, सवारी साधनको साथै कार्यालयका महत्त्वपूर्ण सामान र आफ्नो सुरक्षामा ध्यान दिन प्रहरी कर्मचारीलाई निर्देशन दिएका थिए।
प्रकाशित मिति : मंगलबार, कार्तिक २५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्