लुम्बिनी ।
संघियतामा सञ्चार समृद्दीकालागि मोफसल नै मुलधार भन्ने मुल नाराका साथ रुपन्देहीको लुम्बिनीमा जारी न्युज फेस्टिवल २०७६ मा आज पनि बिभिन्न बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमको दास्रो दिन आज सहभागि सम्पादक तथा सञ्चारकर्मीहरुको टोलिले कपिलवस्तुको तिलौराकोटको अवलोकन गर्नुका साथै संघियतामा न्यु मिडीया, स्टोरी टेलिङ तथा लुम्बिनी सम्पदा, समृद्दी र समाज बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
आजको कार्यक्रमको तेस्रो सेसनका रुपमा सञ्चालन गरिएको लुम्बिनी सम्पदा, समृद्दि र समाज बिषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले लुम्बिनीको गूरु योजना कार्यान्वयन गर्न ७ गांउ अधिकरण गरिएकाले यसको बिकास गर्न स्थानीयबासीले अग्राधिकार पाउनुपर्ने बताएका थिए । उनीहरुले बिश्वसमाजको आकर्षणको केन्द्र भएर पनि लुम्बिनी पुग्ने बाटो समेत बनाउनमा ढिलाई गर्नु लापरवाहि रहेको बताएकाछन् ।
कार्यक्रममा बोल्दै रुपन्देहीका सांसद तथा नेकपाका नेता घनश्याम भुसाल राज्यको नालायकीपनका कारण लुम्बिनीको महत्व स्थापित हुन नसकेको बताउनुभयो। माक्र्सबादी बिचारक समेत रहेका भुसालले बुद्धीज्म माक्र्सबाद भन्दा पनि बिशाल रहेको बताउनुभयो ।एबिसी मिडीया ग्रुपका अध्यक्ष शुभशंकर कंडेलले सम्पदाको संरक्षण आशा र आस्थाको जोडले हुन सक्ने बताउनुभयो । उहाले चिनीया राष्ट्रपति नेपाल आउंदा बुद्ध नेपालमा जन्मेको हो भनेर टांसिएका पोष्टर लुम्बिनीमा पनि टांस्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कान्तिपुर दैनीकका सम्पादक सुधिर शर्मा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेतेय अवधेश कुमार त्रीपाठी लगायतले लुम्बिनीको बिकासका लागि राजनिती भन्दा माथि उठेर सोंच्न आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा कान्तिपुर दैनीकका सम्पादक सुधिर शर्मा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेतेय अवधेश कुमार त्रीपाठी, प्रदेश ५ प्रदेशसभाका सदस्य फकरुद्दीन खान लगायतले लुम्बिनीको बिकासका लागि राजनिती भन्दा माथि उठेर सोंच्न आवश्यक रहेको बताएका थिए । अन्तरक्रियाको सहजिकरण स्तम्भ लेखक चन्द्र किशोरले गर्नभएको थियो ।
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्