पूर्णिमा कुँवर
भैरहवा
पाँचौ लुम्बिनी पर्यटन तथा प्रर्वद्धन मेला २०७६ भोलिबाट सुरु हुदैछ । उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा र नेपाल चेम्बर अफ कर्मसको सहकार्य हुन गईरहेको महोत्सबको पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले उद्धघाटन गर्ने कार्यक्रम रहेको उद्योग ब्यापार संगठनका महासचिब अनिल ज्ञवालीले बताउनुभयो ।
विगत ५ वर्ष देखि भैरहवामा महोत्सवको आयोजना गर्दै आएको यस संस्थाले यस पटक विगतमा भन्दा फरक ढङ्गले मेला आयोजना गर्ने बताइएको छ । कृषि र पर्यटनलाई विशेष महत्व दिईएको यस मेलामा नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ को व्यापक प्रचार गरिने छ । मेलामास्थानीय उत्पादनलाई विशेष जोड दिदै आसपासका क्षेत्रबाट ल्याइने कृषि वस्तुको लागि फ्रि स्टलको समेत व्यवस्था मेलामा गरिएको छ । पर्यटनलाई विशेष जोड दिइएकोले मेलामा आउने दर्शकको लागि गेट प्रवेश देखि नै रमणिय बनाइएको छ । मायादेवी मन्दिर आकृतिको गेट निर्माण गरि प्रवेशद्धार बनाईएको र मेला सचिवालय भने पशुपतिनाथ मन्दिर आकृतिमा निर्माण गरिएको उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो ‘दर्शकका रमाइलोका लागि भनेर मेला भित्र मायादेवी मन्दिर आकृति निर्माण गरि त्यस भित्र हेर्न प्रदेश ५का बिभिन्न पर्यटकीय स्थलको आकृति तयार गरिएको छ । जहाँ रेसुङ्गा, रानीमहल, स्वर्गद्धारी, लुम्बिनी, रामग्राम , रारा ताल, पोखरा, अन्नपूर्ण बेस क्याम्प, मर्दी हिमाल जस्ता थुप्रै दृश्य निर्माण गरिएको छ ।
ती स्थलहरुको बारेमा जानकारी पनि लिने व्यवस्था रहेको छ । ४०० स्टल रहेको मेलामा कृषी, उद्योग ब्यापार, अटो, तयारी पोसाक, छाला जुता, सूचना प्रबिधी, रेष्टुरेन्ट, खाद्य, स्थानिय उत्पादन, बैंक तथा बित्त लगायतका रहनेछन् । महोत्सबमा ५ बिदेशी स्टल समेत रहने आयोजक समिती उद्योग ब्यापार संगठनका उपाध्यक्ष तथा स्टल ब्यबसथापन उपसमिती संयोजक रामचन्द्र रेग्मीले बताउनुभयो
। मेलामा हरेक क्षेत्रलाई अगाडी सार्ने उद्देश्यले महोत्सवमा खेललाई पनि प्रथमिकतामा राखिएको छ । लोप हुन लागेको कुस्ति खेल समेत समावेश गरिएको यस मेलामा अघिल्लो वर्ष भन्दा नयाँ खेल पनि समावेश गरिएको छ । पछिल्ला दिनमा चर्चामा रहेको तेक्वान्दो प्रदर्शनीका रुपमा प्रतियोगितात्मक रुपमा ब्याडमिन्टन र कुस्ती खेल समाबेस हुने खेलकुद संयोजक एबं उद्योग ब्यापार संगठनका उपाध्यक्ष दर्पण श्रेष्ठले बताउनुभयो । रुपन्देही तथा आसपासका जिल्ला र छिमेकी देश भारतबाट समेतका खेलाडिले समेत सहभागिता जनाउने छन।
विगतमा भन्दा फरक गर्ने उद्देश्य रहेकोले मानवीय स्वास्थको लागि अत्यन्तै हानीकारक मानिने प्लास्टिकको झोलालाई प्रतिबन्ध गरिएको छ । यस अभियानलाई मेला पश्चात नगरपालिकामा समेत पहल गरि प्लास्टिक मुक्त नगर क्षेत्र घोषणा गर्ने योजना रहेको संगठनका बरीष्ठ उपाध्यक्ष गिरीश त्रिपाठीले जानकारी दिनुभयो।
महोत्सबमा बिबिध सास्कृतिक कार्यक्रम हरेक दिन आयोजना हुने सास्कृतिक कार्यक्रम उपसमिती संयोजक बाबुराम शर्मा खनालले बताउनुभयो। सास्कृतिक कार्यक्रममा हेमन्त शर्मा, दुर्गेश थापा लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ ।
महोत्सबमा बढी भन्दा बढी दर्शकहरु आउन सकनु भन्दै भैरहवा मात्र नभई वरपरका गाउपालिका छिमेकी जिल्ला, सिमावर्ति भारतीय बजारमा समेत प्रचारप्रसार गरीएको र बिभिन्न माध्यमहरु पत्रपत्रिका, एफएम, टिभी, सामाजिक सञ्जाल मार्फत पनि प्रचार गरेको प्रचार प्रसार उपसमितीका संयोजक कृष्ण गुरुंगले बताउनुभयो ।
करिब ३ लाख दर्शक आउने अपेक्षा गरिएको यो महोत्सबमा कुल ९५ लाख खर्च हुने अनुमान रहेको र मेलामा रहेका स्टलहरु तथा व्यापारबाट १४ दिन लाग्ने महोत्सबमा २५ देखि ३० करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको कोषाध्यक्ष सचिन रोकाले बताउनसभयो।
महोत्सबको आयोजनाले उद्योग तथा ब्यापार क्षेत्रमा चहल पहल बढेको र स्थानिय बजारहरु समेत गुलजार हुने, ब्यापार बढने अपेक्षा सबैको रहेको छ
प्रकाशित मिति : सोमबार, मंसिर २ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्