कार्तिक ३० बुटवल – राष्ट्रिय कर दिवस २०८२ को अवसरमा रुपन्देही सुन–चाँदी व्यवसायी संघले कर सम्बन्धी विस्तृत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। संघको आयोजनामा र आन्तरिक राजस्व कार्यालय भैरहवाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा कर प्रणालीबारे विस्तृत प्राविधिक जानकारी, कानुनी प्रावधान र कर तिर्ने सर्वोत्तम अभ्यासहरूबारे प्रशिक्षण दिइएको हो ।
संघका अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर प्रमुख प्रेमराज पोखरेल र कर अधिकृत भविस्वर पोखरेलले प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो। दुवै प्रशिक्षकले व्यवसायीहरूलाई राज्यको कर प्रणाली, कर दर्ता तथा नवीकरण प्रक्रिया, आयकर विवरण भर्ने तरिका, बिल–भाउचरको महत्व, कर चुहावटका कानुनी प्रभाव, कर जाँच प्रक्रिया तथा करदाताको अधिकार–कर्तव्यबारे विस्तृत प्रस्तुति दिएका थिए।
कार्यकममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर प्रमुख प्रेमराज पोखरेल ले कर व्यवस्थापनमा पारदर्शिता र नियमितता व्यवसायको दिगोपनाको आधार भएको बताउदै सुन–चाँदी व्यवसाय उच्च मूल्यका सामग्रीसँग सम्बन्धित भएकाले कानुनी कागजपत्र, मूल्य अभिलेखव्यवसाय दर्ता, कर दर्ता र नियमित आय–व्यय विवरण अत्यन्तै आवश्यक रहेको प्रशिक्षणमा उल्लेख गर्नुभयो।
कार्यक्रममा संघका केन्द्रिय पूर्व केन्द्रिय सदस्य एवम सल्लाहकार प्रेम सेन्चुरीले प्रशिक्षणले व्यवसायिक व्यवहार सुधार्न, कर बुझाउने प्रक्रियामा उत्पन्न हुने द्विविधा हटाउन तथा सरकारी नियम–कानुन अनुरूप व्यवसाय अघि बढाउन सहयोग पुगेको बताउनुभयो। सहभागीहरूले विशेषगरी विद्युतीय कर प्रणाली, अनलाइन दर्ता, अनलाइन कर विवरण पेस गर्ने तरिका र बिलिङ प्रणालीबारे प्रश्न राखेर छलफल गरेका थिए।
राष्ट्रिय कर दिवसको सन्दर्भमा आयोजित यो कार्यक्रमले स्थानीय व्यवसायीहरूलाई करप्रति थप उत्तरदायी र सचेत बनाउने संघले विश्वास व्यक्त गरेको छ। संघका अध्यक्ष विश्वकर्माले व्यवसायको पारदर्शिता र विश्वास निर्माणका लागि कर अभ्यास अत्यन्तै महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस्ता प्रशिक्षण र छलफल कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।कार्यक्रम संघका वरिष्ठ उपाध्यक्षमनोज सेन्चुरीको स्वागत एवम महासचिव दीपक कौशलको संचालनमा संपनन भएको हो ।
प्रकाशित मिति : आइतबार, कार्तिक ३० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्