JanataToday.com

Advertisment

SKIP THIS

आजदेखि एनपिएल सुरु हुँदै, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

आजदेखि एनपिएल सुरु हुँदै, उद्घाटन खेल घरमै बसेर हेर्न क्यानको आग्रह

बुटवल । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज सोमबारबाट सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल हुन लागेको हो ।

उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्टस् र काठमान्डू गोर्खाज बीच हुँदै छ । नेपाल क्रिकेट संघ क्यानले लिगको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् । प्रतियोगितामा सहभागी ८ टिमले ११-११ नेपाली खेलाडी अनुबन्ध गरेका छन् । सबै टोलीले एकएक आइकोनिक खेलाडी छनोट गरेका छन् भने ४ देखि ६ जना विदेशी खेलाडी टोलीले भित्राएका छन् । अधिकांश टोलीले फ्लड लाइटमै पुगेर प्रशिक्षणसमेत गरिसकेका छन् ।

यसै बीच उद्घाटन खेल घरमै बसेर हेर्न क्यानले आग्रह गरेको छ। क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गरेका हुन्। खड्काले भनेका छन्, ‘सबै टिकट बिक्री भइसकेको तथा पहिलो दिन सधैं चाप बढी हुने भएकाले टिकट नपाउनुभएका सबैले घरमै बसेर खेल हेरी सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।’

एनपीएलका टिकट खल्ती मार्फत बिक्री भइरहेको छ। क्यानले आठ हजार मात्रै टिकट बिक्री गर्न दिएको छ। करीब दुई हजार जति टिकट खेलाडीका परिवारजन, आयोजक र प्रायोजकका लागि राखेको छ। उद्घाटन खेलको टिकट शुक्रबार खुला गरिएको थियो। केही घण्टामै सबै टिकट बिक्री भएका थिए। एनपीएलमा साधारण टिकटको मूल्य उद्घाटन खेल र अन्य दिनको खेलका लागि पाँच सय रुपैयाँ तोकिएको छ। प्ले अफ र फाइनल खेलका लागि भने साधारण टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारका लागि एक हजार पाँच सय तोकिएको छ। अन्य दिनको खेल हेर्न भने प्रिमियर टिकटको मूल्य एक हजार रुपैयाँ रहेको छ। प्ले अफ र फाइनल खेलमा भने प्रिमियर टिकटको मूल्य दुई हजार रुपैयाँ तोकिएको छ। उद्घाटन खेलका लागि साधारणसँगै प्रिमियर टिकट सबै बिक्री भइसकेको क्यानका महासचिव खड्काले बताए। त्यसैले टिकट नपाएका खेलप्रेमीलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij