JanataToday.com

Advertisment

SKIP THIS

चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग दलहरुको आग्रह

चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग दलहरुको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबारमा आज आह्वान गर्नुभएको सर्वदलीय बैठकमा सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे भएको छलफलमा निर्वाचन आयोगमा दर्ता भएका १२५ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत विभिन्न दलका नेताहरु। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाण्डौ – राजनीतिक दलका प्रतिनिधिहरूले चुनावका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा बोलाउनुभएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले चुनावका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस चुनावमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताउनुभयो । उहाँले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै चुनावका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गर्नुभयो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले चुनावका लागि अनुकूल वातावरण बनाउन नसकेको बताउनुभयो । उहाँले आन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा चुनावका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा चुनाव केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै चुनावका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री कार्कीले फागुन २१ गते निर्धारित चुनाव राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताउनुभएको छ । उहाँले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक चुनावी प्रक्रियामा सहभागिताका लागि आग्रह गर्नुभयो । चुनाव सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र नागरिकप्रतिको अटल राजनीतिक प्रतिबद्धता भएको बताउँदै उहाँले संवैधानिक अडानमा कुनै अलमल नभएको पनि बताउनुभयो ।

युवाको आक्रोशलाई सरकारले मतपत्रको सकारात्मक ऊर्जामा रूपान्तरण गर्न चाहेको बताउँदै प्रधानमन्त्री कार्कीले सडकको विद्रोहलाई नीति निर्माणको टेबलतर्फ डोर्याउन चाहेको उल्लेख गर्नुभयो । उहाँले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रूत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij