रुपन्देही , विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गते देशभर भएको प्रदर्शनका क्रममा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनी पश्चात् भागेका कैदीहरुलाई प्रहरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत समेतबाट नियन्त्रणमा लिइ जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको , जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो उहाँका अनुसार कपिलवस्तु कारागारबाट फरार बैकिङ कसुर मुद्दाका ४४ वर्षिय तुल बहादुर पुन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–१ बस्ने पुनलाई मंसिर १ गते नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनभयो ।
त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षिय रुद्र बहादुर पुनलाई मंसिर २ गते पक्राउ गरेको हो ।
त्यसै गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तनहुँ कारागारबाट फरार लागूऔषध मुद्दाका भारतको जिल्ला महाराजगंज थाना नौतनवा बस्ने २० वर्षिय दिपक कुमारलाई बुधबार पक्राउ गरेको छ । कुमारलाई सिद्धार्थनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्