प्रवासी नेपाली मताधिकार : सरकारलाई नीति प्रतिष्ठानले दियो ३ विकल्प

प्रवासी नेपाली मताधिकार : सरकारलाई नीति प्रतिष्ठानले दियो ३ विकल्प

काठमाण्डौ – नीति अनुसन्धान प्रतिष्ठानले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन तीन विकल्प प्रयोग गर्न सकिने सुझावसहित सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिष्ठानले आज छलफल गरेको अध्ययन निष्कर्ष अनुसार मदानको अनिवार्यता, मतदान गर्न दिँदा हुने जोखिम र मतदानको मार्गचित्रसहित सरकारलाई तीन विकल्प सुझाउने तयारी गरेको हो ।

प्रतिष्ठानले आई–भोटिङ विधिको प्रयोग, सूचना प्रविधिको सहयोगमा हुलाकबाट गरिने मतदान र सम्बन्धित देशको कूटनीतिक नियोगमा भौतिक उपस्थितिमा मतदान गर्नेमध्ये एक विकल्प छनोट गर्न सकिने निष्कर्ष निकालेको छ ।

आई–भोटिङ विधिमार्फत मतदान गराउँदा सर्वसुलभ, मितव्ययी, किफायती, पहुँचयोग्य, चुस्त, पारदर्शी, सहभागितामूलक, सुरक्षित र प्रभावकारी हुने प्रतिष्ठानको निष्कर्ष छ ।

प्रतिवेदनमाथिको छलफलमा बोल्दै प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा। लेखनाथ शर्माले सरोकारवालाबाट आएका सबै सकारात्मक सुझावहरूको आधारमा प्रतिवेदन तयार पारिएको बताउनुभयो ।

नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा रहेका नागरिकलाई मतदानमा सहभागी गराउन विद्यमान निर्वाचनसम्बन्धी कानूनहरूमा आवश्यक परिमार्जन आवश्यक रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij