JanataToday.com

Advertisment

SKIP THIS

कर्णालीमाथि सुदूरपश्चिमको जित

कर्णालीमाथि सुदूरपश्चिमको जित

काठमाडौं – कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सले रवाफिलो जित हात पारेको छ। सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछ्याएको कर्णालीले १९।२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनायो।

कर्णालीका लागि पवन सर्राफ २७, मार्क वाट १७, कप्तान सोमपाल कामी १४, गुलशन झा र अर्जुन घर्तीले समान १३र १३, विलियम वसिस्टो ३, नन्दन यादव १, नाजिबुल्लाह जार्दन १, प्रियन्क पान्चल, युवराज खत्री शून्यमा पेभेलियन फर्किए।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले चार, हर्मित सिंह रु अविनाश बोहराले समान दुई विकेट लिए। हेमन्त धामी, स्कट कुग्गेलेइजनले समान एक एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १३९ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए। आरिफ शेख २७, हर्मित सिंह १९, क्रिश ली १८, विनोद भण्डारी ११, स्कट कुग्गेलेइजन १०,इसान पाण्डे २ रन बनाएर आउट भए। जोश ब्रोन र नरेन साउदले खाता खोल्न सकेनन्।

कर्णालीका लागि कप्तान सोमपाल कामी तीन, नन्दन यादव दुई, मार्क वाट, विपिन शर्मा, युवराज खत्रीले समान एकरएक विकेट लिए।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij