मिराज ढुंगानाको समूहलाई सिंहदरबार प्रवेशमा रोक

मिराज ढुंगानाको समूहलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन पुगेको मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ।

जेनजीको यौटा समुह ‘गरिखान देऊ’ अभियानका संयोजक ढुंगानालाई प्रहरीले सिंहदरबार दक्षिण गेटबाटै हटाएको हो । प्रहरीले सिंहदरबार आसपास निषेधित क्षेत्र भएकाले पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने नियमअनुसार उनीहरूलाई हटाइएको जनाएको छ। ढुंगानाको समुहसँग सिंहदरबार प्रवेशका लागि पास नभएको प्रहरीले स्पष्ट पारेको छ ।

सोमबार पनि ढुंगानाको समूह सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने प्रयास गरेको थियो ।

प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij