JanataToday.com

Advertisment

SKIP THIS

एनपीएलमा विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

एनपीएलमा विराटनगरको पहिलो हार, चितवन ४८ रनले विजयी

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ४८ रनले हराएको छ । चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १ सय २६ रनमा अलआउट भयो ।

विराटनगरका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिशीले ३० रन बनाए । विराटनगरका रञ्जित कुमारले ५ विकेट लिए । यस्तै कमलसिंह ऐरीले २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो । चितवनका रवि बोपाराले ६५, देव खनालले २८ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले २/२ विकेट लिए ।

यो जीतसँगै चितवन तीन खेलमा ४ अङ्कसहित तेश्राे स्थानमा उक्लिएको छ । पहिलाे हार व्यहाेरेकाे विराटनगर तीन वटै खेल जितेर ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । चितवन दुई खेलमा २ अङ्क जोडेर पाँचौं स्थानमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल यही २७ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : बुधबार, मंसिर १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij