काठमाण्डौ , प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालको विज्ञप्ति अनुसार अब सचिवालयमा ६ जना मात्र रहनेछन् ।
सचिवालयमा मुख्य सल्लाहकार एक, जनसम्पर्क सल्लाहकार एक, प्रमुख स्वकीय सचिव एक, प्रेस संयोजक एक, स्वकीय शाखा अधिकृत फोटोग्राफर एक र जनस्वास्थ्य विज्ञ अवैतनिक एक गरी ६ जना मात्र कायम राखिएको विज्ञप्तिमा उल्लेख छ ।
बाँकी सबै नियुक्ति प्रधानमन्त्री कार्कीले आजदेखि लागू हुनेगरी खारेज गर्नुभएको छ । यस अनुसार प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहनुभएको छ भने श्रीमती संगीता श्रेष्ठलाई हटाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की विवादमा पर्नुभएको थियो ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ एघारौँ संशोधन २०८१ अनुसार प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका ६६ जनाको दरबन्दी कायम रहेको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्