JanataToday.com

Advertisment

SKIP THIS

एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा

एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले आज सूचना निकालेर सय रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको जानकारी गराएको हो ।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोटमा दृष्टिविहीनका लागि विशेष व्यवस्था गरिएको छ । दृष्टिविहीनहरुलाई नोट पहिचानका लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

साबिककै आकार तथा रङमा रहेको नोटको अगाडितर्फको मध्य भागमा नेपालको चुच्चे नक्सा रहेको छ । मध्य भागमा नेपालको नक्सा सहित अशोक स्तम्भको चित्र रहेको छ । नोटको सिरिज नम्बर नेपालीमा ‘वि।सं। २०८१’ लेखिएको छ ।

सुरक्षाको लागि नोटमा २ मिमी चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नोटको पछिल्लोतर्फको मध्यभागमा एकसिंगे गैडाको माउ र बच्चाको चित्र रहेको छ ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij