काठमाण्डौ , नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँले भाउ घटाएको हो ।
अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको प्रतिलिटर एक सय ४३ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको एक ४५ रुपैयाँ तथा काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा एक सय ४६ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ४२ अमेरिकी डलर बढाइएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार १५ अमेरिकी डलर पुगेको छ । पेट्रोल र खाना पकाउने ग्यासको भाउ भने घटबढ भएको छैन ।
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्