पूर्णिमा कुँवर
भैरहवा — नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा रोजगारमैत्री बातावरण बन्दै गएको दावी गर्नु भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको पाँचौं लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को उदघाटन गर्दै अध्यक्ष प्रचण्डले देशमा लागनीका अवसरहरु भित्रीदा रोजगारमैत्री बातारण बन्दै गएको बताउनु भएको हो । सरकारले उद्योग, व्यापार, व्यवसायका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएकाले रोजगारमैत्री वातावरण बन्दै गएको पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उल्लेख गर्नु भयो । आगामी पाँच बर्ष भित्र नेपालका व्यवसायीले लिएका अपेक्षाहरु पुरा हुने दावी पनि उहाँले गर्नु भयो
देशभित्रै लगानीको अनुकुल बातावरण बन्दै गएको भन्दै प्रचण्डले स्वदेशी लगानी बाहिर नलैजान निजी क्षेत्रलाइ आग्रह गर्नुभयो। बाहिरी लगानी भित्र्याउनु पर्नेमा स्वेदशकै लगानी बाहिर गएको भन्दै अध्यक्ष प्रचण्डले चिन्ता व्यक्त गर्नु भएको हो । ‘हाम्रा व्यवसायीहरुले देशभित्र भन्दा पनि देशबाहिर लगानीका लागि गएका छन् भन्ने सुनेका छौं । जुन दुखदायी कुरा हो । पाँच वर्षभित्र तपाइहरुले लिएको अपेक्षा पूरा हुन्छ, यसमा ढुक्क हुनुहोस र आफनै देशभित्र लगानी लगाउनुहोस’ अध्यक्ष प्रचण्डले भन्नु भयो ।
प्रदेशको स्थाइ राजधानी सबैलाइ पायक पर्ने स्थानमै बन्छ
फरक प्रसंगमा उनले सबैलाइ पायक पर्ने स्थानमा प्रदेश नं. ५ को राजधानी तोकीने बताउनु भयो । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले शहर नभएको नयाँ ठाउँमा प्रदेशको राजधानी राख्न सकिने बताउनु भएको हो । यसअघि दाङ र नेपालगञ्जको कार्यक्रममा पनि उनले सबैलाइ पायक पर्ने स्थानमा राजधानी बनाइने कुरा राख्नु भएको थियो । जहाँ पुग्यो त्यही राजधानीकालागि उपयुक्त भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आलोचित भएका प्रचण्डले मंगलबार भैरहवामा भने आफुले कुनैपनि स्थानको नाम किटान नगरेको तर राजधानी सबैलाइ पायक पर्ने स्थानमै राखीनु पर्नेमा दृढ रहेको बताउनु भयो । विकास भइसकेको र शहर बसीसकेको ठाँउलाइ छोडेर नयाँ ठाउँमा प्रदेशको राजधानी राख्न सकिने उहाँको भनाइ थियो । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा भएपनि । स्थायी राजधानीबारे निर्णय गर्दा नयाँ ठाउँको पनि विकास गर्न सकिने भन्दै उनले स्थानीय राजधानीको विषय छलफलकै चरणमा रहेको पनि दोहोरयाए । उहाँले मंगलबारै नवलपरासीको परासीमा सुरु भएको औधोगिक व्यापार मेलाको पनि उदघाटन गर्नु भएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्