लुम्बिनी -लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजनामा लुम्बिनीमा भएको न्यूनज फेस्टिवल १६ बुँदे निकर्षपत्र जारी गर्दै मंगलबार सकिएको छ ।
सूचनाको हक सम्बन्धी कानुनलाई प्रेस जगतमा सीमित नराखी जनताका अन्य मौलिक अधिकारको प्राप्ती तथा जनअधिकारको रुपमा परिमार्जन गर्नु पर्नेमा निकर्ष पत्रमा जोड दिइएको छ । त्यस्तै सूचनालाई पहुंचसंग, पहुंचलाई बिकास संग, बिकासलाई समृद्धीसंग गास्ने मूलआधार बनाउनु पर्ने फेस्टीवलको निस्कर्ष रहेको छ ।
त्यसैगरी संचार माध्यमले आम जनमानसको सोंचमा प्रभाव पार्ने,पारदर्शिता सिर्जना गर्ने र जनचेतना बढाउने तथा सामाजिक कुरितिसंग लड्न सक्ने क्षमता राखने कुरामा कुनै बिबाद नभएको बताइएको छ । नेपालको राष्ट्रियता,एकता,भौगोलिक अखण्डता तथा सार्वभौमिकता प्रति सदैब राष्ट्रिय सहमति कायम गर्न सरकार, राजनीतिक दल, नागरिक समाज तथा सबै पक्षलाइ आव्हान गरीएको छ ।
सरकारद्धारा संचालित संचार माध्यमहरुको पुर्न संरचना गरि ग्लोबल तथा नाफामुखी मिडियाको दुष्प्रभाव र एकाधिकार घटाउने, साना,स्थानिय सामुदायिक तथा जनताद्वारा संचालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अबलम्बन गर्न संघ,प्रदेश र स्थानिय सरकारलाई महोत्सबले आग्रह गरेकोछ ।
न्युज फेस्टिबलमा पत्रकारहरुले भोग्नु परेको समस्या, पत्रकारहरुको पारिश्रमिक, संघिय संरचनामा संचार गृहहरुको भुमिका र न्यु मिडियाको रुपमा आएको अनलाईन पत्रिकाहरुको भबिष्य र बिश्वसनियताको बारेमा समेत संचार क्षेत्रमा लामो अनुभव प्राप्त गरेका बिज्ञ र संचार गृहहरुका सम्पादक तथा प्रमुखहरुसंग बहस गरी १६ बुँदे निश्कर्ष निकालीएको क्लबका अध्यक्ष दिपेश पछाइले बताउनु भयो ।
संघियतामा संचार, समृद्धिका लागि मोफसल नै मुलधार भन्ने नाराका साथ देशभरका ३०० भन्दा बढी छापा, रेडियो, टेलिभिजन र अनलाईन मिडीयाका सम्पादक तथा पत्रकारहरु लुम्बिनीमा भेला भई संघियता पछिको पत्रकारिताको विभिन्न विधामाथी बहस गरेका थिए ।
३ दिन सम्म चलेको फेस्टिबलमा पत्रकारिताका चुनौती र भविष्यको बाटो, संघियतामा रेडियो, संघियतामा न्यु मिडिया, पत्रकारितामा स्टोरी टेलिङ, लुम्बिनी सम्पदा,समृद्धि र समाज, पत्रकारितामा के लेख्ने र कसरी लेख्ने, संघियतामा टेलिभिजन, संघियतामा समाबेसी संचार, लुम्बिनी भ्रमण बर्ष २०७६ र प्रचार प्रसारको प्रभाव लगायतका विषयमा बहश गरीएको महोत्सवका संयोजक दिपेन्द्र बडुवालले बताउनु भयो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्