बुटवल, नेपाल मगर महिला संघ रुपन्देहीको ९ औं जिल्ला भेला शनिबार बुटवलमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै संघका केन्द्रीय सचिव चन्दा थापा मगरले अधिकारका लागि एकतासँगै सशक्तिकरणको अभियानमा जुट्न आह्वान गर्नुभयो ।
उहाँले विभिन्न आन्दोलन र संघर्षबाट मुलुकमा प्राप्त उपलब्धीहरुमा मगर समुदाय र त्यसमा पनि महिलाहरुको अधिकार प्रयाप्त नभएको गुनासो गर्नुभयो । अधिकारको आन्दोलनसँगै मगर समुदायको भाषा, पहिचान र परम्परालाई संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै नेपाल मगर महिला संघ लुम्बिनी प्रलेश अध्यक्ष कसरी तरामु, संघका सल्लाहकार तथा आदिबासी जनजाति महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शंकर गाहा, प्राध्यापक कमल थापा मगर, माया श्रीस, बसन्ती साठीघरे मगर लगायतले बोल्दै जातीय पहिचान र अधिकारको आन्दोलनमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संघको जिल्ला अध्यक्ष निर्मला थापाको अध्यता तथा सचिव खेमकुमारी श्रीसको सञ्चालनमा कार्यक्रम भएको थियो ।
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्