उखुको खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धारण

उखुको खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ-सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्णय गरेको हो ।

मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

प्रवक्ता खरेलका अनुसार उखु कृषकलाई अनुदान रकम प्रति क्विन्टल ७० कायम गर्ने निणयसमेत सरकारले गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय प्रवक्ता खरेलले मङ्गलबार एकसाथ सार्वजनिक गर्नुभएको हो।

प्रकाशित मिति : मंगलबार, मंसिर २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij