गार्गी एकेडेमीद्वारा ‘मेरो कार्यालय मेरो सफाई अभियान’ सुरु

गार्गी एकेडेमीद्वारा ‘मेरो कार्यालय मेरो सफाई अभियान’ सुरु

बुटवल, रुपन्देहीको बुटवलस्थित गार्गी एकेडेमीले मंगलबारदेखि सरसफाई अभियान सुरु गरेको छ । ‘मेरो कार्यालय मेरो सफाई’ अभियान अन्तरगत विद्यालयका शिक्षक, कर्मचारी तथाकक्षा ९ मा अध्ययनरत विद्यार्थी सरसफाईमा सहभागी भएको प्राचार्य भुवन अधिकारीले जानकारी दिनुभयो ।

विद्यालय वरपरको वातावरणलाई स्वच्छ राख्ने उद्देश्यसहित मासिक रुपमा यो अभियानको सुरुवात गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भिम बहादुर चौधरीले बताउनुभयो । जस अन्तरगत विद्यालय क्षेत्रभित्र तथा त्यस वरपरका ठाउँमा छरिएका फोहरजन्य वस्तुहरुको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई वातावरण संरक्षण सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको उहाँले बताउनुभयो ।

सरसफाई अभियानमा सहभागी शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सुरक्षा सामग्री मास्क र ग्लोब्स हस्तान्तरण गर्दै प्राचार्य अधिकारीले यो अभियानलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति रूपन्देहीको निर्णय बमोजिम ‘मेरो कार्यालय,मेरो सफाई’ भन्ने मुल नाराका साथ आ–आफ्नो क्षेत्रमा सरसफाई अभियान चलाउन भनी दिइएको निर्देशन बमोजिम अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij