बुटवल–१९ रानीवारीमा वडा कार्यालय भवन शिलान्यास

बुटवल–१९ रानीवारीमा वडा कार्यालय भवन शिलान्यास

बुटवल-बुटवल उपमहानगरपालिका–१९ मोतिपुरमा अत्याधुनिक वडा कार्यालय भवन निर्माणका लागि आज एक विशेष समारोहबीच शिलान्यास गरिएको छ। कार्यक्रममा बुटवल १९का अध्यक्ष चन्द्र सिंह थापाको अध्यक्षता र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा भवन निर्माण कार्यको औपचारिक सुरुवात गरिएको हो।

May be an image of one or more people

उपमहानगरपालिकाको बजेट व्यवस्थापनमा निर्माण व्यवसायी सिभिल एण्ड सब कन्स्ट्रक्सन जेभीलाई जिम्मा दिइएको भवन २ करोड ७३ लाख ६३ हजार ५८ रुपैयाँ १५ पैसा लागतमा निर्माण हुँदैछ।
आधुनिक सुविधा सहितको अढाई  २.५ तले भवन आगामी २०८३ असार १५ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

May be an image of one or more people, temple and text

कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले यसअघि वडाको कार्यालय भाडाको घरमा रहेको कारण स्थानीयवासीले सेवा लिन गाह्रो परेको जनाउँदै प्रमुख पाण्डेले नयाँ भवनले वडा–१९ मोतिपुर क्षेत्रमा प्रशासनिक तथा विकास सम्बन्धी धेरै काम सहज हुने बताउनुभयो।

उहाँले वडा–१८ को भवन समेत यसैसँगै शिलान्यास गर्ने तयारी भए पनि जग्गा प्राप्ति प्रक्रिया ढिलो हुँदा काम अघि बढ्न नसकेको जानकारी गराउनुभयो। वडा–६ र १८ दुवैका लागि बजेट व्यवस्थापन भइसकेपनि जग्गा टुंगिन नसक्दा निर्माण प्रक्रिया सुरु हुन नसकेको चर्चा  गरिएको थियो।
“नागरिकलाई नजिकबाट, गुणस्तरीय र प्रभावकारी सेवा दिन आधुनिक भवन अपरिहार्य हुन्छ। यो भवनले वडाको विकासमा नयाँ परिवर्तन ल्याउनेछ,” उहाँले भन्नुभयो।

शिलान्यास समारोहमा बोल्दै वडा अध्यक्ष चन्द्रसिंह थापाले भवन निर्माणको प्रक्रिया सफलतापूर्वक अगाडि बढाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो—“यो योजना सफल बनाउन बुटवल उपमहानगरपालिका, राजनीतिक दलहरू, वडाका सम्पूर्ण नागरिक, टोल विकास समिति तथा सबै सरोकारवालाहरूले दिएको साथ–सहयोगका लागि म हार्दिक धन्यवाद व्यक्त गर्दछु।”

थापाले सामुदायिक एकता, सहकार्य र स्थानीय नेतृत्वको प्रतिबद्धताबाट यो काम अघि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि विकासका योजनामा सबैको निरन्तर साथ रहने आशा व्यक्त गर्नुभयो।

कार्यक्रममा पूर्व वडा अध्यक्ष भीमबहादुर खत्रीले यो भवन निर्माणले वडा–१९ को विकास यात्रामा नयाँ ऊर्जा भर्ने बताए।

कार्यक्रम वडा नम्बर १९ कि वडा सदस्य लक्ष्मी चौधरीको स्वागत र योजना प्रशासन शाखाका ठगीश्वर पोखरेलको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवाहरू र वडावासीहरूको सक्रिय उपस्थिति रहेको थियो।

May be an image of one or more people and crowd

प्रकाशित मिति : शुक्रबार, मंसिर २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij