बुटवल – श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले वैदेशिक ऋणको भर परेर देशको विकास हुन नसक्ने बताएका छन् ।
श्रम संस्कृति पार्टी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक साम्पाङले ऋण लिएर देश बनाउने मानसिकता गलत भएको टिप्पणी गरे ।
नेपाललाई समृद्ध बनाउन हप्तामा एक दिन देशका लागि अनिवार्य श्रम गर्नुपर्ने प्रस्ताव उनले अघि सारे । ुऋणले देश बन्दैन, श्रमले बन्छ,ु साम्पाङले भने, ुहप्ताको ६ दिन आफ्नो लागि काम गर्नुहोस् तर बाँकी एक दिन देशका लागि श्रम गर्नुहोस् ।ु
छिमेकी मुलुक चीनसहित जापान र कोरियाको उदाहरण दिँदै उनले ती देशहरू ऋणले नभई जनताको कडा परिश्रम र श्रम संस्कृतिले नै धनी बनेको उदाहरण दिए । उनले अब गफ गर्ने मात्र नभई काम गर्ने संस्कृतिको विकास गर्नु नै वर्तमान समयको मुख्य आवश्यकता रहेकोमा जोड दिए ।
एक जनाको कमाइले मात्र परिवार र देश चल्न गाह्रो हुने उल्लेख गर्दै उनले हरेक नागरिकलाई उत्पादन र श्रमसँग जोडिन आग्रह गरे । सम्बोधनका क्रममा उनले मुलुकको विकासमा बाधक रहेको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र देशलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउनुपर्ने धारणासमेत व्यक्त गरे ।
निर्वाचन नजिकिँदै गर्दा पार्टीको चुनाव प्रचारका लागि साम्पाङ आज मात्र बुटवल आइपुगेका हुन् ।
प्रकाशित मिति : शनिबार, पुष ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्