तिलोत्तमामा हरि काफ्लेको संयोजकत्वमा नगर स्तरीय टोल विकास सञ्जाल गठन

तिलोत्तमामा हरि काफ्लेको संयोजकत्वमा नगर स्तरीय टोल विकास सञ्जाल गठन

तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरस्तरीय टोल विकास संस्था सञ्जाल गठन भएको छ । हाल नगरपालिकाका १७ वटा वडाका २ सय २ टोल विकास संस्था रहेको संजालले सबै वडाको प्रतिनिधिबाट सर्वसम्मत हरि प्रसाद काफ्लेलाई अध्यक्ष संयोजक तोकेको हो ।

संजालको उपाध्यक्ष तथा सह–संयोजकमा बालकृष्ण बस्याल रहनुभएको छ । सचिवमा महिला रहने गरी पछि मनोनित गरिने जनाइएको छ।

त्यस्तै संजालको कोषाध्यक्षमा होम बहादुर छन्तेल, सदस्यहरुमा टोपलाल भण्डारी, सुरज गौतम, राजु पौडेल, हरि प्रसाद पाण्डेय, छविलाल भण्डारी, तारा बहादुर गुरुङ्ग, गोपाल प्रसाद भण्डारी, कृष्ण प्रसाद डुम्रे, राजेश यादव, कृष्णबहादुर विश्वकर्मा, चक प्रसाद पुन, बाबुलाल बन्जाडे र बुद्धिबल न्यौपाने रहनुभएको छ ।

त्यसै गरी सदस्य सचिवमा सामाजिक विकास शाखाको वरिष्ठ सामाजिक परिचालक अल्फा घिमिरे रहुनभएको छ ।

सो अवसरमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, निवर्तमान संयोजक हेमराज पौडेलले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै आगामी कार्यकालमा जनमुखी कार्य गर्न सुझाव दिनुभयो । नयाँ कार्यसमितिलाई टीका खादा लगाएर स्वागत गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij