रमेश लेखकले आज जांचबुझ आयोगमा बयान दिने

रमेश लेखकले आज जांचबुझ आयोगमा बयान दिने

काठमाडौं , पूर्वगृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको कार्यालयमा बयान दिने भएका छन्।

आज दिउँसो १२ बजे आयोगको कार्यालयमा गएर घटनाका बारेमा जानकारी गराउने लेखकले बताए। २३ गतेको आन्दोलनमा विद्यार्थीहरुमाथि वल प्रयोग गरिएको घटनामा उहाँमाथि सोधपुछ हुन लागेको हो।

देशभर २१ जनाको मृत्यु भएपछि लेखकले २३ गते राति नै राजीनामा दिएका थिए। लेखकले आजै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत थप धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।

यसअघि तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगको वैधतामाथि नै प्रश्न उठाउँदै वयानमा नजाने अडान लिइरहँदा लेखकको निर्णयले दबाब परेको छ।

ओली पनि कागजी बयान पठाउने निष्कर्षमा पुगेका छन्। आयोगका अनुसार लेखकको सकिएलगत्तै ओलीको बयान हुनेछ

प्रकाशित मिति : सोमबार, पुष १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij