काठमाडौं – कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।
स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउननेगरी सहमति भएको हो ।
त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटकपटक छलफल भएको थियो ।
सोमबार काठमाडौंमा उनीहरूबीच पुनस् भएको छलफलमा सहमति जुटेको हो ।
प्रकाशित मिति : सोमबार, पुष १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्