‘कमेडी च्याम्पियन’ मंसिर ९ गतेबाट प्रशारण हुने

‘कमेडी च्याम्पियन’ मंसिर ९ गतेबाट प्रशारण हुने

बुटवल-‘कमेडी च्याम्पियन’ शो यही मंसिर ९ गतेबाट प्रशारण हुने भएको छ । कान्तिपुर टेलिभिजन र रेडियो अडियो च्यानेलबाट प्रसारण हुने कार्यक्रम राति ९ बजे देखि १० बजेसम्म हुने आयोजकले जनाएका हुन् । कार्यक्रमको डिजिटल अडिसन भने सकिसकेको छ ।

‘कमेडी च्याम्पियन’मा निर्णायकमाकमेडी च्याम्पियन’ को निर्णायकमा बरिष्ठ कलाकार सन्तोष पन्त, निर्देशक प्रदीप भट्टराई, हास्यकलाकार मनोज गजुरेल र अभिनेत्री ऋचा शर्मा रहेका छन् । कार्यक्रमको सञ्चालन अभिनेत्री रीमा विश्वकर्माले गर्ने भएकी छन् । थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक विशाल भण्डारी हुन् ।

अडिसन राउन्डपछी टप २५ छनोट हुने र जसबाट क्रमशः १५ र ३ जना छनोट हुनेछन् । टप ३ बाट विजेता छानेर विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्नेछन् । ‘कमेडी च्याम्पिएन’ फ्रेन्चाइज ‘शो’ भने होइन । शो ६० प्रतिशत स्क्रिप्टिडेड हुने र सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रूपमा केकी, राज घिमिरे र सृजा थपलिया रहेका छन् । नेपालमा पहिलो पटक केमेडी शो हुन लागेको हो ।

प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij