काठमाडौँ : काठमाडौँको शंखरापुर नगरपालिका ३ स्थित फेरी जंगलमा आज साँझ पिकनिक खाएर फर्किएको बस दुर्घटनामा मृत्यु हुने ४ जना पुगेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले ४ जनाको मृत्यु भएको र अन्य २२ भन्दा बढी घाइते भएका जानकारी दिए।
त्यहाँ बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा मृत्यु भएका ४ जनाको परिचय खुलिसकेको छैन।
साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको र घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको सुवेदीले थाहाखबरलाई बताए।
नेचब हर्ब संस्थाका ४० जना जति कर्मचारी उक्त बसमा सवार रहेका जनाइएको छ।
प्रकाशित मिति : बुधबार, पुष २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्