सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रास्वपाको रोक

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रास्वपाको रोक

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार बन्न इच्छुकहरूलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा तथा प्रचारप्रसार गर्न रोक लगाएको छ ।

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले हिजो आचारसंहिता पालनासम्बन्धी सूचना निकाल्दै यसअघि सामाजिक सञ्जालमा राखिएका प्रचारप्रसारका सामग्रीसमेत हटाउन निर्देशन दिएको हो ।

पार्टीले प्राइमरी चुनावमा सहभागी हुन चाहनेका हकमा भने प्राइमरी निर्वाचनसम्बन्धी सूचना प्रकाशित भएपछि मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित तरिकाबाट प्रचारप्रसार गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij