मोतिपुर पूर्वसन्ध्यामा पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम

मोतिपुर पूर्वसन्ध्यामा पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम

श्री मोतिपुर माध्यमिक विद्यालय, बुटवल उपमहानगरपालिका–१७ को ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

बुटवल – श्री मोतिपुर माध्यमिक विद्यालय, बुटवल उपमहानगरपालिका–१७ को ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका खेलकुद तथा साहित्यिक कार्यक्रमहरू गत पुस २० गतेदेखि सुरु भएका थिए। विभिन्न विधामा आयोजित प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेश्मीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले मोतिपुर माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति गर्दै आएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमबहादुर घिमिरेले विद्यालयको शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा क्रमिक सुधार भइरहेको जनाउँदै आगामी दिनमा अझ प्रभावकारी योजना कार्यान्वयन गरिने जानकारी दिनुभयो।

त्यस्तै, विद्यालयका प्राधानाध्यापक मरासिनीले शैक्षिक अनुशासन, नतिजा सुधार र सह–पाठ्यक्रम गतिविधिमा विशेष जोड दिइएको उल्लेख गर्दै अभिभावकको निरन्तर सहयोगले विद्यालयलाई थप मजबुत बनाएको बताउनुभयो।

कार्यक्रममा भूपू विद्यार्थी समाजका अध्यक्ष उमानन्द घिमिरे, उपाध्यक्ष देवी काफ्ले, शिक्षक योगराज पाण्डेलगायतले विद्यालयको विकास र शैक्षिक उन्नयनका विषयमा धारणा राख्नुभएको थियो।

वार्षिकोत्सवका अवसरमा चकलेट दौड, जुत्ता–चप्पल दौड, बेलुन फोड, हिसाब दौड, कुर्सी दौड, भित्र–बाहिर खेल, हस्तलेखन प्रतियोगिता, स्मृति खेल, रिले दौड, लमजम–हाइजम, चित्रकला प्रतियोगिता, भलिबल, हाजिरीजवाफ, वक्तृत्व कला, निबन्ध, अंग्रेजी तथा नेपाली ह्यान्डराइटिङ, सटफुट (छात्रा), क्रिकेट, कबड्डी लगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएका थिए।

विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ। विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रम शिक्षक जयराम ढकालको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij