बुटवल, स्थानीय स्तरमा रहेका युवा खेलाडीहरुको प्रतिभा बाहिर ल्याउने उद्येस्यले रुपन्देहीको तिलोत्तमामा सञ्जिवनी नकआउट फुटवल प्रतिगोतीता हुने
भएको छ । सञ्जिवनी युवा क्लब तिलोत्तमा १४ ले यही मंसिर ६ गतेबाट तेश्रो सञ्जिवनी नकआउट फुटबल प्रतियोगीता गर्ने भएको हो ।
क्लबले आज सम्मेलनको आयोजना गरी प्रतियोगीताको तयारी पुरा भएको जनाएको छ । २१ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयां नगदसहित शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्धितीय पुरस्कार ५० हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरीने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । खेलक्षेत्रका प्रतिभालाइ उजागर गर्दै युवाहरुलाइ लागु औषधको दुब्यसनीबाट जोगाउन पनि अघिल्लो बर्षदेखि बिभिन्न खेलकुद प्रतियोगीता गर्दै आएको खेल संयोजक कमल परियारले बताउनु भयो ।
प्रतियोगीतामा उत्कृष्ट खेलाडीहरुलाइ समेत नगद पुरस्कार सहित सिल्ड प्रदान गरीने परियारले बताउनुभयो । प्रतियोगीताकालागि ७ लाख रुपैयां खर्च लाग्ने अनुमान गरीएको उहाले बताउनुभयो ।
प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्