विशेष महाधिवेशनमा नाम भएकामध्ये ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनुभएको छ : पूर्णबहादुर खड्का

विशेष महाधिवेशनमा नाम भएकामध्ये ८ सय ८५ जना हस्ताक्षरकर्ता फर्किनुभएको छ : पूर्णबहादुर खड्का

काठमाण्डाै – नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली आयोग पुगेर कागजात बुझाएको हो ।

गगन थापा पक्षले विशेष महाधिवेशन गरि थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा आधिकारिकता विवाद आएको छ । देउवा र थापा पक्ष दुवैले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदनसमेत पेश गरेका छन् । निर्वाचन आयोगले ती निवेदनमाथि अध्ययन गरिरहेको जनाएको छ ।

तर नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधर कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनमा सहभागी भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ ।

आज निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुभएका कार्यवाहक सभापति खड्काले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भए पनि ८ सय ८५ जना हस्ताक्षरकर्ताले हस्ताक्षर फिर्ता लिएको दाबी गर्नुभयो । उहाँहरूले हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको खड्काले बताउनुभयो । विशेष महाधिवेशन भेलाभन्दा पहिला र पछिको हस्ताक्षर आफूहरूसँग रहेको उहाँको दाबी छ ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन गरिसकेको छ ।

प्रकाशित मिति : शुक्रबार, माघ २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij