रूपन्देहीका पाँचवटै क्षेत्रमा उम्मेदवारी, कहाँ को उम्मेदवार ?

रूपन्देहीका पाँचवटै क्षेत्रमा उम्मेदवारी, कहाँ को उम्मेदवार ?

भैरहवा– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्ये निर्वाचनका लागि रुपन्देहीका पाँचवटै निर्बाचन क्षेत्रबाट ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा ९एमाले०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०, जनता समाजवादी पार्टी नेपाल ९जसपा० लगायत दलले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीसँग चुनावी तालेमल गरेको जनता समाजवादी पार्टीले पनि पाँचवटै निर्बाचन क्षेत्रबाट उम्मेदवारी दिएको छ । १ लाख ४६ हजार ८ सय २४ मतदाता संख्या रहेको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट हिराबहादुर केसी, एमालेबाट दधिराम न्यौपाने, रास्वपाबाट सुनिल लम्साल र राप्रपाबाट प्रज्वल बोहराले उम्मेदवारी दिएका छन् । नेकपाबाट घनश्याम यादव र जसपाबाट मोहम्मद अस्लम खाँनको उम्मेदवारी परेको छ । यहाँ अन्य साना दल र स्वतन्त्रले समेत उम्मेदवारी दिएका छन् ।

१ लाख ३५ हजार ५० मतदाता संख्या रहेको रुपन्देहीको क्षेत्र नम्बर २ बाट नेकपा ९एमाले० का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेल, नेपाली काँग्रेसबाट चुन्नुप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल र नेकपाबाट बिश्वदीप पाण्डेले उम्मेदवारी दिएका छन् । राप्रपाबाट कर्भिका थापा र जसपाबाट दीपक गुरुङको उम्म्ेदवारी परेको छ ।

१ लाख ४ हजार ३५ मतदाता संख्या रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसबाट सुशील गुरुङ, एमालेबाट बासुदेव घिमिरे, रास्वपाबाट डा।लेखजंग थापा र राप्रपाबाट गौरब बोहरा र नेकपाबाट फैज अहम्मद खाँले उम्मेदवारी दिएका छन् । जसपा नेपालबाट श्रीनिवास यादवको उम्मेदवारी परेको छ ।

१ लाख १६ हजार १ सय ७२ मतदाता सख्या रहेको रुपन्देहीको निर्बाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोदकुमार यादव, रास्वपाबाट कन्हैया बनियाँ, जनतमत पार्टीबाट भोपेन्द्र यादव र जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्लले उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीबाट बावुलाल यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिउद्दिन खानले मनोनयन गरेको छन् ।

१ लाख ३४ हजार ४ सय ४२ मतदाता संख्या रहेको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसबाट भरतकुमार शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहम्मद खाँले उम्मेदवारी दिएका छन् । नेकपाबाट मोहम्मद वकिल मुसलमानले उम्मेदवारी दिएका छन् । राप्रपाबाट मिनप्रसाद घिमिरे र जसपा नेपालबाट मोहम्मद वहिद फकिरले उम्मेदवारी दिएका छन् । सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारीको पनि लर्को नै छ ।

प्रकाशित मिति : मंगलबार, माघ ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij